नेपालमा हिजोबाट पुनः कोरोना संक्रमितको संख्या उच्च दरमा बृद्धि शुरु भएको छ । आज २४ घण्टामा ३८९९ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१७५१८ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । मन्त्रालयका अनुसार हाल सम्म संक्रमित हुनेको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ ।
यसै गरी आज १७७८ जनाले कोरोना जीतेका छन् । यो सँगै हाल सम्म संक्रमणमुक्त हुनेको सख्ंया ६ लाख ४७ हजार ७० पुगेको छ ।
संक्रमणका कारण आज २० जनाको मृत्यु भएको छ । यो सँगै कुल मृत्यु हुनेको संख्या ९७५८ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline