जसपाका नेता राजेन्द्र महतोले पार्टीमा आफूहरु अल्पमतमा परेपनि कुनै फरक नपर्ने बताएका छन् । उनले ५१ जनाको मात्र पार्टी नभएको भन्दै प्राविधिक कारण देखाएर उपेन्द्र यादवले पार्टी विभाजन गर्न खोज्नु दुर्भाग्यपूर्ण भएको बताए ।
महतोले निर्वाचन आयोगबाट बाहिरिने क्रममा अब आफूहरु नयाँ वैकल्पिक शक्तिको रुपमा स्थापित हुने पनि बताए ।
ओलीकै सरकारमा १८ दिन मन्त्री भएका महतोले ओलीले प्रतिगमन गरेको पनि बताए ।
उपेन्द्र यादवको पार्टी पहिला आफूहरुले बचाईदिएको भन्दै एक वर्ष भित्रै यो अवस्था आउला भनेर कल्पना नगरेको महतोको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline