जसपा उपेन्द्र यादवको पक्षमा पुग्यो बहुमत, ५१ मध्य ३४ जनाले हस्ताक्षर गरे

जसपा उपेन्द्र यादवको पक्षमा पुग्यो बहुमत, ५१ मध्य ३४ जनाले हस्ताक्षर गरे

  • सोमवार, साउन ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 25.6K
    SHARES

काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ । कार्यकारीणी समितिको बहुमत पक्षले सोमबार हस्ताक्षर गरेका हुन् । अर्का अध्यक्ष महन्थ ठाकुर भने अल्पमतमा परेका छन् । जसपामा ५१ सदस्य कार्यकारिणी समितिमा रहेका छन् । यादवका अनुसार जेलमा रहेका रेशम चौधरीले पनि यादव पक्षमै समर्थन गर्ने जनाएका छन् ।

आफ्ना पक्षमा बहुमत सदस्यको समर्थन जुटाएलगत्तै अध्यक्ष यादवले अब पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने जानकारी दिनुभयो । निर्वाचन आयोगमा गरिएको कार्यकारिणी सदस्यको हस्ताक्षरमा आफ्ना पक्षमा अत्यधिक बहुमत जुटेको पनि उहाँले जिकीर गर्नुभयो।

यादवले आफूहरुले अर्का अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको भन्दै ठाकुर पक्षले आत्मालोचना गरेमा पार्टीले बिचार गर्नसक्ने टिप्पणी पनि गर्नुभयो । त्यसका लागि विगतका गलत प्रवृत्ति सच्याउनुपर्ने र आत्मालोचना गर्नुपर्ने उहाँको शर्त छ ।

ठाकुर लगायतले प्रतिगमनकारीलाई साथ दिनु पार्टीको नीति र सिद्धान्तविपरित भएको अध्यक्ष यादवको भनाइ थियो ।

पूर्वपर्ती प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा सत्ता विघटन र त्यसलाई हर्ने दृष्टिकोणमा विभाजित यादव र ठाकुर पक्ष अन्ततः पार्टी विभाजनकै अवस्थामा पुगेका छन् ।

यादव पक्ष संसद पुनर्स्थापनाका लागि अदालत जाँदा ठाकुर पक्ष भने तटस्थ बसेको थियो । यद्यपि, अदालतले संसद पुनर्स्थापना गरिदिएपछि भने ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ