नेकपा भित्रकै विवादको प्रतिविम्ब सर्वोच्चले ०७७ फागुण २३ मा एमाले र माओवादी ब्युताईदिएपछि एमालेमा देखा परिरहेको छ । पार्टी भित्रैबाट सरकार ढाल्न खोजेको भन्दै माधव नेपाललाई देखिनसहेका अध्यक्ष ओलीले नेपालमाथि पटक पटक कार्बाहीको डन्डा चलाए । नेपाल पनि के कम निरन्तर ओली बिरुद्ध डटिरहे । यसबीचमा अध्यक्ष ओलीको अभिव्यक्ति आक्रामक र रुखो रहेको छ भने नेपाल शालिन आक्रामक । अर्थात उनी कठोर गाली गर्दैनन् तर अडान नछाडी ।
माधव नेपालकै कारण वास्तवमा ओली सरकार ढल्यो । माधव नेपाल सहित २६ सांसद राष्ट्रपतिकोमा देउवालाई प्रधानमन्त्री बनाउन पुग्नु, अदालतमा २३ जनाले हस्ताक्षर गर्नु र २२ जनाले प्रधानमन्त्री देउवालाई विस्वासको मत दिनुले माधव नेपाल स्पष्ट रुपले ओली सरकार ढाल्न सक्रिय भएको कुरामा दुईमत छैन ।
त्यसपछि बालुवाटारबाट बालकोट सरेका ओलीले माधव नेपाललाई गद्धार घोषणा गर्दै अब एमालेमा उनलाई स्थान नभएको बताए । त्यसबेला अब संसद पुनस्थापित भयो, लोकतन्त्र र संविधान जोगियो । अब एमाले बनाउछु, गठबन्धनमा रहदिन भनेर माधव नेपालले जनाउ दिएका थिए ।
तर पार्टी भित्र आफ्नै पुत्ला जलाउने, घर घेर्ने जस्ता व्यवहार कार्यकर्ताले गरेपछि नेपाल चिढिए । उनी फेरी गठबन्धनको बैठकमा जान थाले ।
अहिले कार्यदल स्तरमा १० बुदे सहमतिपछि पार्टी एक भएको र विवाद गर्ने ठाँउ नरहेको भनिरहेका छन् । तर नेतृत्व तहमा एक अर्कालाई कटाक्ष गर्ने क्रम रोकिएको छैन । यसबीचमा ओली पक्षले युथफोर्स ब्युताएर सडकमा निस्किएको छ भने माधव पक्षले अखिल फोर्स र पिपुल्स भोलन्टियर ब्युताएर काउन्टर दिन खोजिरहेको छ ।
आईतबार संसदीय समितिमा नेता नेपाल नै ओली पक्षका सांसद नारदमुनि रानासँग भनाभनमा उत्रिए । त्यो प्रसंग अहिले चर्चामा छ ।
ओली पनि माधव नेपाल बिरुद्ध अभिव्यक्ति दिन पछि परेका छैनन् । यसले दोस्रो तहमा मिलनविन्दु खोजिरहेपनि पहिलो तहमै गड्बडी बरकरार रहेको छ । यसले गर्दा एमाले न मिल्न सक्ने न त छुटिन नै को स्थितिमा छ । तर यो स्थिति कहिले सम्म त्यो निश्चित छैन ।