जसपाको आधिकारीकताको विवादमा आज निर्वाचन आयोगले फैसला गर्दैछ । आज जसपाको दुबै खेमालाई केन्द्रीय सदस्यहरुको नागरिकता सहित सनाखतका लागि आउन आदेश गरेको थियो । जस अनुसार आयोगमा जान उपेन्द्र यादव पक्षले केन्द्रीय सदस्य र सांसदहरुलाई हिजैदेखि गोदावरी रिसोर्टमा केन्द्रीत गरेर राखेका छन् ।
संभवतः त्यताबाट सोझै यादव बहुमत सांसद र केन्द्रीय सदस्य लिएर आयोग जानेछन् ।
५१ सदस्यीय केन्द्रीय समितिमा र ३२ जना सांसद मध्य बहुमत यादव पक्षमा रहेको छ ।
आज आयोगले आधिकारीकता यादव पक्षलाई दिएमा ठाकुर पक्षसँग पार्टी विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य सांसदको संख्या समेत नपुगेमा सो पक्षको सांसद समेत गुम्ने खतरा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline