अब महन्त ठाकुरलाई थला पार्ने रणनीतिमा उपेन्द्रः पार्टीको आधिकारीकता पाएपछि सांसद पद पनि खोस्ने संभावना

अब महन्त ठाकुरलाई थला पार्ने रणनीतिमा उपेन्द्रः पार्टीको आधिकारीकता पाएपछि सांसद पद पनि खोस्ने संभावना

  • आइतवार, साउन १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

शुरुमा ओली सरकारमा सामेल भएका ठाकुर महतो पक्ष अलि बलियो थियो । संसदीय दलमा उनीहरु बहुमतमा थिए । रातारात संसदीय दलको नेताबाट उपेन्द्र यादवलाई हटाएर राजेन्द्र महतोलाई बनाए । १० जना नयाँ मन्त्री पनि बनाएर १८ दिन सम्म सो समुह सरकारमा रह्यो । जतिखेर उपेन्द्र यादव पक्ष संसद विघटनको बिरुद्ध आन्दोलनमै थियो ।
त्यतिबेला सम्म कार्यकारीणी समितिमा बहुमतमा रहेका यादवले ठाकुर, महतो लगायतका लाई कार्बाही गरे । त्यसको जवाफमा ठाकुर महतोले पनि यादवलाई कार्बाही गरे ।
यो सिलसिला चलिरहेका बेला दुबै पक्ष निर्वाचन आयोगमा पुग्यो । यति नै बेला ओली सरकार ढल्यो । महतोहरु त्यस अघि नै सर्वोच्चको आदेशका कारण सत्ताबाहिर पुगे ।
अहिले यादव नेतृत्वको जसपा सम्मिलित गठबन्धनको सरकार बन्यो देउवाको नेतृत्वमा । यही बेला जसपाका अध्यक्ष उपेन्द्र यादव थप बलिया भएका छन् । उनी पार्टीको आधिकारीकता पाएपछि केही नेताहरुलाई मन्त्री बनाउने तयारीमा छन् ।
पार्टीको आधिकारीकता लिएपछि ठाकुर पक्ष संसदीय दलमा पनि अल्पमतमा र पार्टीमा पनि अल्पमतमा पर्ने भएकाले थप बदलाका लागि यादवले ठाकुर महतो पक्षका केही नेतालाई सांसदबाट समेत कार्बाही गर्न सक्ने एक नेताको दाबी छ ।
ठाकुरले यही संभावित परिदृष्यलाई ध्यान दिएर सर्वोच्चमा मुद्धा हालेपनि अन्तरीम आदेश नआएकाले सोमबार आयोगले यादवलाई आधिकारीक जसपा दिन सक्ने संभावना छ ।
यही फाईनल गोलका लागि यादवले केन्द्रीय सदस्य र सांसदहरुलाई ललितपुरको भव्य गोदावरी रिसोर्टमा लगेर बसाएका छन् । त्यसलाई आवासीय प्रशिक्षणको नाम दिईएपनि रातारात सांसद नेता अर्कोतिर नलागुन् भन्ने मुख्य हेतु रहेको देखिएको छ । पार्टी गठनका लागि आवस्यक संख्या नपुग्ने भएपछि ठाकुर महतो भने अन्यौलमा छन् ।
३२ सांसद मध्य २० जना जति सांसद यादव समुहमा लागेका छन् भने केन्द्रीय समितिमा पनि बहुमत यादवकै पक्षमा रहेकाले ठाकुर अप्ठेरोमा परेका हुन् । अब ठाकुर महतोलाई सांसद पद जोगाउन या त उपेन्द्रको शासन सहेर जसपामै बस्न पर्छ या त पद गुम्नेछ । अर्को पार्टी बनाउन उनीहरुलाई ४० प्रतिशत संख्या चाहिन्छ जो उनीहरुसँग पुग्दैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी