साउन ९, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याउने सड्यन्त्र गरिएको भन्दै त्यसो भए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।
शनिबार युथ फोर्सको भ्याली कमाण्डको घोषणा र शपथग्रहण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमालेलाई फुटाउने षड्यन्त्र भइरहेको बताए ।
पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराईएको भन्दै बस्नेतले अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याइए देशभरि आगो बल्ने चेतावनी दिए ।
सत्तारुढ गठबन्धनसँग १ सय २९ सांसद्मात्र भएको दाबी गर्दै राष्ट्रपतिमाथि महाअभियोगको विषयमा नसोच्नसमेत बस्नेतको चेतावनी छ ।
भ्याली कमाण्ड घोषणाअघि युथ फोर्सले काठमाडौंका विभिन्न स्थानबाट मार्चपास निकालेको थियो ।