नेता खनालको उपचार खर्च सरकारले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने

नेता खनालको उपचार खर्च सरकारले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने

  • शनिबार, साउन ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

९ साउन, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च दुतावास मार्फत भुक्तान गर्ने भएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।

यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा लगायतले खनालको उपचार खर्च सरकारले व्यहोर्न नहुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ