प्रधानमन्त्री देउवाको उदाहरणीय कदमः अबदेखि पार्टीको बैठक सरकारी निवास वालुवाटारमा नराख्ने

प्रधानमन्त्री देउवाको उदाहरणीय कदमः अबदेखि पार्टीको बैठक सरकारी निवास वालुवाटारमा नराख्ने

  • बिहिबार, साउन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

प्रधानमन्त्रीका लागि बनेको बालुवाटारको सरकारी निवास वालुवाटारमा जुन दलको प्रधानमन्त्री बन्यो त्यही दलको पार्टी कार्यलय जस्तो बनेको भन्दै सधैँ आलोचना हुने गरेको छ ।
यस अघि लामो समय प्रधानमन्त्री भएका केपी शर्मा ओलीले नेकपा र विभाजनपछि एमालेको बैठक धेरै समय बालुवाटारमै राखे ।
देउवाले पनि प्रधानमन्त्री निवासमा सारेपछि पहिलो पटक पदाधीकारी बैठक बालुवाटारमै राखे । त्यसलाई पार्टी भित्रै र बाहिरबाट पनि आलोचना भयो ।
त्यसकुरालाई ध्यानमा राख्दै प्रधानमन्त्री देउवाले अबदेखि पार्टी बैठक बालुवाटारमा नराख्ने भएका छन् । भोलिका लागि उनले पदाधीकारी बैठक आफ्नो निजी निवास बुढानिलकण्ठमा राखेका छन् ।
काँग्रेस नेता पूर्ण बहादुर खड्काले पार्टीको औपचारीक बैठकहरु पार्टी कार्यलय सानेपा वा बुढानिलकण्ठमा हुने जानकारी दिए ।
१४ औँ महाधिवेशनको तयारीका लागि भोली पदाधीकारी बैठक देउवाको निजी निवास बुढानिलकण्ठमा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ