काठमाडौं, साउन ७ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धमा कार्यकारिणी समितिका सदस्यलाई भौतिक रुपमा उपस्थित हुन आदेश दिएको छ ।
भौतिक रुपमै केन्द्रीय सदस्य उपस्थित भएर सनाखत भए पछि बहुमत पुग्ने पक्षलाई आधिकारीकता दिने आयोग स्रोतले जनाएको छ ।
यस अघि बुझाईएको विवरणमा यादव पक्ष बहुमतमा रहेको छ ।
बिहीबार अध्यक्ष दिनेश थपलियासहितको इजलासले आधिकारिकता विवाद टुंग्याउन जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाइएको हो ।
सनाखतका लागि आयोगले साउन ११ गते ११ बजे सक्लल नागरिकतासहित बोलाउने निर्णय गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline