नेप्से पुनः तीन हजार बिन्दुमा

नेप्से पुनः तीन हजार बिन्दुमा

  • बिहिबार, साउन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ७ साउन । शेयर कारोवार हुने साताको अन्तिम दिन आज कारोवार मापक नेप्से परिसूचक तीन हजार बिन्दुपार गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.७५ बिन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ बिन्दुले बढेर ५६२.२४ मा पुगेको छ । कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर रु ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोवार भएको छ । बिहिबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोवार भएका १३ उपसमूह मध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ ३५.६४, जलविद्युत् २६.६, वित्त ३८.२५, निर्जीवन बीमा ३८.७ र सामूहिक लगानी कोष ०.९२ बिन्दुले बढेको छ । यस्तै, व्यापार ८२.४६, होटल तथा पर्यटन १५.२३, विकास बैंक १५.९३, उत्पादन २१.६५, अन्य ११.४१, लघुवित्त १२.७३, जीवन बीमा ३८.७९ र लगानी ०.३ बिन्दुले ओरालो लागेको छ ।

कारोवारका आधारमा आज कृषि विकाास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोवार भयो । यस्तै, नेपाल बैंक रु ३६ करोड पाँच लाख ८० हजार ७२८, एनआइसि एशिया बैंक रु ३६ करोड चार लाख ४८ हजार ४४६, ङादी ग्रुप अफ पावर रु ३४ करोड ३४ लाख ५१ हजार ७०० र सिद्धार्थ बैंक रु ३२ करोड आठ लाख ५२ हजार ७२८ बराबरको कारोवार भई शीर्ष स्थानमा छ ।

लक्ष्मी उन्नती कोष १०.०४, सिइडिबी आइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउण्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका छन् ।

यस्तै, हिमालयन पावर पार्टनर ४.०७, बरुण हाइड्रोपावर ३.९३, विशाल बजार कम्पनी ३.१०, सारथी नेपाल लघुवित्त २.८४ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.८३ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी