माधव नेपाल भन्छन् -‘नेतृत्व सच्चिए ठीकै छ, अन्यथा अपमान सहेर बस्न सकिन्न, कम्युनिष्ट दास हुन सक्दैन’

माधव नेपाल भन्छन् -‘नेतृत्व सच्चिए ठीकै छ, अन्यथा अपमान सहेर बस्न सकिन्न, कम्युनिष्ट दास हुन सक्दैन’

  • बिहिबार, साउन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, साउन ७ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर पार्टीमा नबस्ने स्पष्ट पानुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा आज पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले एमालेलाई जनताको पार्टी बनाउनुपर्छ भन्दैमा सधै अपमान सहेर नबस्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ पार्टी नेताभन्दा नीति प्रधान हुनुपर्छ, गलत कुरा सहेर बस्दा दास प्रवृत्ति मौलाउँछ, कम्युनिष्ट दास हुन सक्दैन । अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन । त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ, हाम्रो पनि यहि हो ।’

आफूले बनाएको घर छाडेर कोही पनि निस्कन चाहदैन तर सधै अपमान सहन पनि सकिदैन । उहाँले थप्नुभयो, ‘नेतृत्व सुध्रिन चाहन्छ भने ठीक छ । आफूले बनाएको घर त्यसै कसैले छाड्न चाहँदैन तर अपमान सहेर, गलत कुरो सहेर कोही बस्दैन ।असम्भव भन्ने केही हुँदैन मानिस आफ्नो लक्ष्य विचार र दृष्टिकोणमा अगाडि बढेर गयो भने नयाँ विचार दृष्टिकोण बनाएर अगाडि बढ्न सकिन्छ ।’

पार्टीलाई शुद्धीकरण गर्दै नयाँ ढंगबाट अघि लैजानुपर्नेमा पनि उहाँको जोड थियो । सुध्रिन चाहनेले आफ्नो कमीकमजोरी सुधार गर्न सक्नुपर्छ त्यो आँट र साहस चाहिन्छ नेता नेपालले भन्नुभयो, त्यसका लागि नेतृत्व तयार हुनुपर्छ ।
पार्टीभित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्ने पनि उहाँले बताउनु भयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ