संसद विघटन पछि आन्तरीक विवादमा फसेको जसपाको विभाजनले संभवत आज औपचारीक रुप पाउने छ । संसद विघटन पछि ठाकुर महतो पक्ष ओली पक्षसँग गोलवद्ध भयो भने उपेन्द्र यादव पक्ष आन्दोलनमा गयो ।
यसरी विवादले उग्र रुप लिँदै जाँदा संसदीय दलको नेता हेरफेर देखि एक अर्कालाई कार्बाही सिलसिला चल्यो ।
तर जब सर्वोच्चले संसद पुनस्थापित गरिदियो त्यसपछि यादवको पल्ला भारी भयो । ठाकुर पक्षका सांसद पनि धमाधम यादव पक्षमा आउन थाले । कार्यकारीणी समितिमा यस अघि नै यादव बहुमतमा थियो ।
अन्ततः निर्वाचन आयोगमा परेका दुबै पक्षको दाबी र विवरणलाई हेरेर आजको बहस पछि निर्वाचन आयोगले यादव नेतृत्वको जसपालाई आधिकारीकता दिने संभावना रहेको स्रोतको दाबी छ ।
दुवै पक्षका ३र३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २र२ घण्टाको समय निर्धारण गरेको छ ।
आयोगका अचिव सुरेश अधिकारीका अनुसार दुवै पक्षको कुरा सुनेर आजै केही आदेश आउन सक्नेछ ।
जसपामा कार्यकारिणी समितलिाई लिएर पनि विवाद छ । जसपा दर्ताका समयमा ५१ सदस्यीय कार्यकारिणी समिति आयोगकोे अभिलेखमा छ । जसपाको आधिकारीकता नपाए पूर्व राजपा ब्युताउने विकल्प ठाकुरसँग रहेको जसपाका एक नेताको दाबी छ ।