एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै, २२ सांसदमाथि कार्बाहीबारे निर्णय हुन सक्ने

एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै, २२ सांसदमाथि कार्बाहीबारे निर्णय हुन सक्ने

  • बिहिबार, साउन ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

नेकपा एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । आज बस्ने बैठकमा देउवाको पक्षमा विस्वासको मत दिने २२ सांसदलाई सोधिएको स्पष्टीकरण र कार्बाहीको विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
देउवाको पक्षमा भोट हाल्ने एमाले हुन नसक्ने भन्दै विपक्षमा मत हाल्न निर्देशन दिए पनि माधव नेपाल सहित २२ सांसदले देउवालाई विस्वासको मत दिएका थिए ।
त्यस लगत्तै कडा कार्बाही गर्ने ओलीको चाहना भए पनि अन्य नेताहरुले पार्टी एकता बचाउन भन्दै लचकता अपनाउन सुझाएका थिए ।
सोही आधारमा २२ सांसदलाई ५ गतेको मिति राखेर ६ गते विस्वासको मत दिएको बिषय उल्लेख नगरी किन विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कार्बाही किन नगर्ने ? कार्बाही गर्नु पर्ने नभए स्पष्टीकरण बुझाउन भनेको थियो ।
संभवत २२ सांसदले स्पष्टीकरण बुझाउने संभावना कम छ । सोही कारण पनि आजको केन्द्रीय समितिको बैठकले उनीहरुमाथि गर्ने कार्बाहीबारे निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ