ढुक्क हुनुस् कमरेडहरु, माधव नेपाललाई केन्द्रीय समितिमा बहुमतमा आउन दिईन्नः ओली

ढुक्क हुनुस् कमरेडहरु, माधव नेपाललाई केन्द्रीय समितिमा बहुमतमा आउन दिईन्नः ओली

  • बुधबार, साउन ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा अनेक लचकता अपनाउदा पनि माधव नेपालले अनेक बहाना खोजीरहेको दाबी गरेका छन् ।
उनले माधव नेपाललाई आफू मुनिको दोस्रो अध्यक्ष दिन तयार रहेको तर पनि नेपालले एकतामा ईच्छा नदेखाएको दाबी गरे । केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष ओलीले अहिले माधव नेपालले केन्द्रीय समितिमा बहुमत छैन भनिरहेको जिकिर गर्दै उनलाई बहुमतमा आउन नदिने बताए ।
किन बहुमत चाहियो ? हामीलाई पार्टीबाट हटाउन ? कदापी त्यस्तो हुन दिईने छैन, यस अघि पनि उनीहरुले त्यस्तो अभ्यास गरीसकेका छन् । ओलीले भने ।
स्मरणीय छ , यस अघि प्रधानमन्त्री भएकै बेला बहुमत स्थायी समिति सदस्यको बैठकले अध्यक्ष ओलीलाई साधारण सदस्य समेत नरहने गरी कार्बाही गरेको थियो ।
माधव नेपाल अझै पनि एकतामा आए संगठनका सबै संरचना जेठ २ अघि फर्काउन र लचक हुन आफू तयार रहेको ओलीले जनाएका छन् ।
आजै ओलीले २२ सांसदलाई किन विपक्षी गठबन्धनमा सामेल भएर अपराधपूर्ण काम गरेको भन्दै २४ घण्टा भित्र जवाफ दिन अन्यथा कार्बाही गर्ने चेतावनी सहित स्पष्टीकरण सोधेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ