जसपा भित्र झन् बलियो बनेका अध्यक्ष उपेन्द्र यादव समुहले ठाकुर समुहलाई सजिलै पार्टीमा एकतावद्ध नगर्ने भएको छ ।
यादव समुहको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी माग्नु पर्ने ठहर गरेको छ ।
ठाकुर पक्षले निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिएर पार्टी एकता गर्न सकिने भने पनि यादव पक्ष लचक नहुने संकेत देखिएको छ ।
यादव पक्षका सांसद प्रदीप यादवका अनुसार ठाकुर महतोले जनतासँग सार्वजनिक रुपले माफी नमागेसम्म एकता नहुने निष्कर्ष निकालिएको जानकारी दिए ।
संसद विघटन पछि ठाकुर महतोले ओलीलाई साथ दिएका थिए भने यादव पक्ष आन्दोलित बनेको थियो ।
अहिले जसपा भित्र यादव पक्ष संसदीय दल र केन्द्रीय कार्यकारीणी समिति दुबैमा बलियो बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline