नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या पुनः बढ्न शुरु गरेको छ । पछिल्लो २४ घण्टामा ३१०८ जना संक्रमित थपिएका छन् । १३१३५ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हाल सम्म संक्रमितको संख्या ६ लाख ७० हजार ९५३ पुगेको छ ।
यसै गरी आज १५९५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै हाल सम्म निको हुनेको संख्या ६ लाख ३४ हजार ९२७ पुगेको छ ।
यसै गरी आज संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ । यो सँगै हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline