ओलीले गरेका सबै असंवैधानिक नियुक्तिहरु खारेज गर्न प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति

ओलीले गरेका सबै असंवैधानिक नियुक्तिहरु खारेज गर्न प्रधानमन्त्री देउवा र प्रचण्डबीच सहमति

  • मङ्लबार, साउन ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

निवर्तमान केपी ओली नेतृत्वको सरकारले गरेका सबै असंवैधानिक नियुक्तिहरु खारेज गर्न प्रधानमन्त्री शेर बहादुर देउवा र प्रचण्ड सहमत भएका छन् ।
विभिन्न राजदुत, संवैधानिक आयोगहरुमा भएका नियुक्ति खारेज गर्ने यस अघि ओली सरकार कायम रहँदै पनि उनीहरुले चेतावनी दिदै आएका थिए ।
प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए । छलफलमा सहमतिका साथ साझा कार्यक्रम तय गरी सरकार चलाउनु पर्नेमा दुई नेता सहमत भएको स्रोतको दाबी छ ।
यसै गरी मन्त्रालयको भागवण्डाका विषयमा समेत सामान्य छलफल भएको बुझिएकोछ ।
बालुवाटार जानु अघि प्रचण्डले एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका थिए । नेपाललाई भेट्न प्रचण्ड विहानै कोटेस्वर पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ