नयाँ सरकार बने लगत्तै मन्त्रीपरिषद् विस्तार र गठबन्धनमा रहेका दलहरुका लागि मन्त्रालयको बाँडफाँटमा नेताहरु केन्द्रीत भएका छन् ।
यसै क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सक्रिय बनेका छन् । प्रचण्डले आज बिहानै माधव कुमार नेपाल र उपेन्द्र यादवसँग छलफल गरेका छन् । स्रोतका अनुसार अब सरकारमा सहभागीता र मन्त्रालयको बाँडफाँटमै नेताहरु केन्द्रीत भएको बुझिएको छ ।
संभवतः एमाले एक नभएमा माधव समुह समेत केही मन्त्रालय लिएर सरकारमा जान सक्ने संभावनाको चर्चा छ । जसपाका तर्फबाट उपेन्द्र यादवले पनि सात मन्त्रालय माग गरेका छन् ।
यस्तोमा काँग्रेस, माओवादी सबै दलमा आकांक्षीको संख्या बढी रहेकाले व्यवस्थापन गर्न नेताहरुलाई चुनौती छ ।
दुई नेतासँग छलफलपछि प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline