आईतबार संसदमा प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा विस्वासको मत दिने एमालेका २२ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेले निर्णय गरेको छ । आज बसेको १० औँ केन्द्रीय कमिटिको बैठकले उक्त निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । स्पष्टीकरण सोधिनेमा माधव कुमार नेपाल सहित २२ जना सांसद छन् । २४ घण्टा भित्र चित्त बुझ्दो स्पष्टीकरण नदिए कार्बाही गर्ने आन्तरीक तयारी भएको छ ।
हिजो देउवाको बिपक्षमा मत दिन पार्टीले निर्णय र निर्देशन दिए पनि नेता नेपाल सहित २२ सांसदले देउवाको पक्षमा मत हालेका थिए भने अरु १० जना मतदान प्रकृयामा सहभागी भएनन् । पार्टीका अरु सांसदले भने देउवाको विपक्षमा मतदान गरेका थिए ।
ओलीले फेरी दोहोर्याए, माधव नेपाल गद्धार हुन्, उनलाई एमालेमा कुनै ठाँउ छैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पुनः गद्धार घोषणा गर्दै उनलाई एमालेमा कुनै स्थान नभएको दोहोर्याएका छन् । केही दिन अघि प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बालुवाटार छाडेर निजी आवास बालकोट पुगेपछि उनले नेपाललाई राष्ट्यि गद्धार भन्दै उनलाई एमालेमा स्थान नभएको घोषणा गरेका थिए ।
आज पार्टी केन्द्रीय समितिको १० औँ बैठकमा पनि अध्यक्ष ओलीले माधव कम्युनिष्ट आन्नोलनको गद्धार भएको भन्दै आक्रोश पोखे ।
माधव नेपाल सहित २२ सांसदले प्रधानमन्त्रीमा पार्टीको निर्देशन विपरीत देउवाको पक्षमा मतदान दिएपछि ओली थप आक्रोशित बनेका हुन् ।
ओलीको आक्रोसले एमाले भित्र माधव नेपाल सहितको एकतामा असर पर्न सक्ने अनुमान गर्न थालिएको छ । हिजै मात्रै ओली पक्षका आठ सांसदले निर्देशन अस्वीकार गर्दै देउवालाई मत हाल्न माधव नेपालसँगै उभिएका थिए ।