मध्यरातमा खैरो हिरोईन सहित वडा अध्यक्ष र सदस्य पक्राउ

मध्यरातमा खैरो हिरोईन सहित वडा अध्यक्ष र सदस्य पक्राउ

  • सोमवार, साउन ४, २०७८
  • दिपक चौरासीया

  • 10.7K
    SHARES

पर्सा ४ साउन । पर्सा प्रहरीले लागु औषध खैरोहिरोइन सहित एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाको वाड नं १ का अध्यक्ष अमृका सहनी र सदस्य बलिस्टर सहनी ब्राउन सुगर सहित पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट सदा पोसाकमा खटिएको प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १९ बर्वास्थित तिलाव पुल नजिकको सडकबाट आइतबार राती १०:३० बजे पकहा मैनपुर गाउँपालिकाको वडा नं.१ धोरेका वडाध्यक्ष अम्बिका सहनीलाई नियन्त्रणमा लिएको हो ।

वडाध्यक्ष सहनी चढेको ना १ ब ३५९५ नम्बरको सरकारी पल्सर मोटर साइकलको फिल्टर बक्सबाट ७९ ग्राम खैरो हिरोईन जस्तो देखिने बस्तु फेला परेकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताए ।

यस्तै, उनको पछाडी संग सगै आएको ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही ठाउँ निवासी बर्ष ४० को बलिष्टर सहनी र सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँ निवासी बर्ष ५२ को राम आदेश सहनी समेतलाई नियन्त्रणमा लिइएको प्रवक्ता खनालले जानकारी दिए ।

पक्राउ परेका बलिष्टर सहनी पकहा मैनपुर गाउँपालिका वडा नं. १ कै वडा सदस्य हुन् भने अर्का आदेश सहनी पनि वडाध्यक्ष सहनीको नजिकको व्यक्ति हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी