ओलीलाई प्रचण्डले भने, अब गोहीको आँशु चुहाएर कसले पत्याउछ ?

ओलीलाई प्रचण्डले भने, अब गोहीको आँशु चुहाएर कसले पत्याउछ ?

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीमाथि आक्रोश व्यक्त गरेका छन् । आज संसदमा बोल्दै अध्यक्ष प्रचण्डलाई ओलीलाई लक्षित गर्दै, अब गोहीको आँशु चुहाएर कसले पत्याउछ ? भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएको भन्दै एमालेलाई टाउको दुख्नु पर्ने कारण नरहेको स्पष्ट पारे ।

अदालतप्रति एमालेले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले संविधानको अन्तिम व्याख्या गर्ने अदालत हो भन्नेमा सबैले भनेको स्मरण गरे ।

प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए । ‘को भित्र लोकतान्त्रिक चरित्र छ, कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ,’ उनले भने ।

उनले आज केपी जीले रोष्ट्रममा उभिएर बोलेको सुन्ने मन थियो भन्दै आक्रोश पोखे ।
आफूहरुले निर्माण गरेको दुई तिहाईको सरकारले नै पटक पटक संसद विघटन गर्नु दुखःद भएको पनि प्रचण्डले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ