जसपाको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

जसपाको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई आजै पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।
त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले जसपाको माग सम्बोधन गर्ने मौखिक वचन दिएकोले विश्वासको मत दिने निर्णय गरेको उनले बताए ।’पहिला पत्र लेख्नुभयो। त्यसपछि हाम्रो जति माग छ पूरा गर्छौँ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो’, अरगरियाले भने, ‘संसदमा बोल्ने बेलामा पनि माग पूरा गर्छौँ भनेर राख्छु भन्नुभयो। अनि हामीले दलको बैठक बसेर निर्णय गर्‍यौँ।’

प्रधानमन्त्री देउवाले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्दैछन्। अहिले केहीबेरमा बैठक सुरू हुनेछ। उक्त बैठकमा प्रधानमन्त्री देउवाले रोष्टमबाट जसपाका माग पूरा गर्ने प्रतिवद्धता गर्ने पनि वचन पाएको उनले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ