शक्ति पृथकीकरणको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भयोः सभामुख

शक्ति पृथकीकरणको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भयोः सभामुख

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौँ, ३ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको बताएका छन् । उनले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तविपरीत चालिएको कदम एकपटक फेरि असफल भएको बताए ।

पुनःस्थापित संसद्‌को आज बसेको पहिलो बैठकमा मन्तव्य राख्दै सभामुख सापकोटाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट भएको प्रतिनिधिसभा विघटनको कदम असफल भएको उल्लेख गरेका हुन् । सर्वोच्च अदालतको असार २८ गतेको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना भएको हो ।“प्रतिनिधिसभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसरमात्र प्राप्त भएको छैन यस सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहम् दायित्व पनि थपिएको छ”, सभामुख सापकोटाले थपे, ‘सिङ्गो संसद्, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एवं प्रतिनिधिसभा सदस्यको रचनात्मक भूमिका हुने विश्वास गर्छु .’

सभामुख सापकोटाले सार्वभौमसत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा पुनःस्थापित भएकोमा सम्पूर्ण माननीय सदस्यहरुलाई बधाई दिँदै स्वागत गरे । उनले प्रतिनिधिसभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नो तर्फबाट योगदान पु–याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई पनि धन्यवाद ज्ञापन गरे ।

प्रतिनिधि सभा पुनः क्रियाशील भएसँगै सार्वभौमसत्ताको अभ्यास गर्ने अवसरमात्र नभइ सभालाई गतिशील, जीवन्त र जनमुखी बनाउने अहं दायित्व पनि थपिएको उनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ