प्रधानमन्त्री देउवाले मागे महन्थ ठाकुरसँग विश्‍वासको मत

प्रधानमन्त्री देउवाले मागे महन्थ ठाकुरसँग विश्‍वासको मत

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

साउन ३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् ।

देउवाले आज पत्र पठाएर प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम रहेको जनाउँदै उक्त प्रस्तावमा मत दिन ठाकुर र उनका पक्षका सांसदहरुलाई अनुरोध गरेका हुन् ।

२०७८÷४÷३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराइदिनु हुन हार्दिक अनुरोध गर्दछुु देउवाले लेखेको पत्रमा उल्लेख छ ।

प्रतिनिधिसभाको आज बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै छन् । जसपा उपेन्द्र यादव बाबुराम भट्टराई पक्षले भने देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने निर्णय गरिसकेको छ । ३२ सांसद रहेको जसपाको यादव भट्टराई पक्षमा १९ जना सांसद देखिएका छन् । ठाकुर पक्षमा १३ जना सांसद छन् ।

देउवालाई कांग्रेसबाहेक नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनमोर्चाले समर्थन जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ