एमाले फुटाउन देउवाले विस्वासको मत लिने निर्णय भएको एमालेको निष्कर्ष

एमाले फुटाउन देउवाले विस्वासको मत लिने निर्णय भएको एमालेको निष्कर्ष

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

नेकपा एमालेले प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत आजै लिनुमा एमाले फुटाउने उदेश्य रहेको निष्कर्ष निकालेको छ । एमालेको आज बसेको स्थायी समितिको बैठकले उक्त निष्कर्ष निकाल्दै वरिष्ठ नेता माधव कुमार नेपाल बेग्लै कोर्षबाट अघि बढ्न खोजेको पनि ठहर गरेको छ ।
तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी समितिको बैठकमा माधव नेपालले एक्लै भए पनि देउवाको पक्षमा मत दिने भनेको कुरालाई ब्रिफिङ भए सँगै माधव नेपाल बेग्लै कोर्षमा हिँड्न खोजेको ठहर गरिएको हो ।
यसैबीच, एमालेले भने प्रधानमन्त्री देउवालाई विस्वासको मत नदिने निर्णयलाई पुनः दोहोर्याएको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसै गरी एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मत दिनेहरुलाई एमालेमा नराख्ने निर्णय गरेको छ ।

आइतबार अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले देउवालाई पार्टीले समर्थन गर्न नसक्ने र समर्थन गर्ने पार्टीका नेताहरु एमाले नहुने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावले धेरै प्रश्न जन्माएको भन्दै देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने निर्णय गरिएको जानकारी दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ