भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचाररत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले अस्पतालको शैयाबाटै गंभीर विज्ञप्ति जारी गरेका छन् । उनले आज विज्ञप्तिमा कुनै पनि अलमलमा नपरी एमाले सांसदहरुले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मत दिन अपील गरेका छन् ।
यसले एमाले भित्रको अन्तरविरोध थप जटिल बन्ने निश्चित देखिएको छ । एमालेका २३ सांसदले सर्वोच्चमा हस्ताक्षर गरेका कारण नै केपी ओली प्रधानमन्त्री पदबाट मुक्त भएका थिए भने देउवा प्रधानमन्त्री बनेका थिए ।
उनले आफ्नो मत देउवाकै पक्षमा हुने पनि स्पष्ट पारेका छन् ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline