प्रधानमन्त्रीमा देउवाले विस्वासको मत पाउने निश्चित, माधव पक्षका सांसदले पनि मत दिने !

प्रधानमन्त्रीमा देउवाले विस्वासको मत पाउने निश्चित, माधव पक्षका सांसदले पनि मत दिने !

  • आइतवार, साउन ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

अन्ततः पटक पटक संसद विघटन गर्दे निर्वाचनको घोषणा भए पनि सर्वोच्च अदालतको आदेशमा पुनस्थापित प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्न पाउने देखिएको छ । अर्थात विघटित संसद पुनस्थापित भएसँगै प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेर बहादुर देउवाले विस्वासको मत पाउने लगभग निश्चित बनेको छ ।
संसदको सबै भन्दा ठूलो दल एमालेका केही सांसदले पार्टीको निर्देशन अस्वीकार गर्दै देउवाको पक्षमा मत दिने भएका छन् ।
विरोध माधव नेपाल सहित २३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपतिको हस्ताक्षर बुझाएका थिए तर राष्ट्रपतिले अस्वीकार गर्दै संसद नै भंग गरेपछि १४६ सांसद सर्वोच्च अदालतमा पुगेका थिए ।
देउवाको पक्षमा अदालतमा समेत हस्ताक्षर भएकाले आफूहरुले विस्वासको मत दिने माधव पक्षका एमाले सांसद विरोध खतिवडाले जानकारी दिए ।
विस्वासको मत दिने विषयमा छलफल गर्न माधव नेपालको निवासमा नेताहरु जम्मा भएका छन् ।
संसदको बैठक आजै चार बजे बस्दै छ । एमाले स्थायी समितिको बैठक र संसदीय दलले विस्वासको मत नदिन निर्देशन दिए पनि माधव पक्षका सांसद मत हाल्न तयार भएका हुन् ।
देउवालाई विस्वासको मत नदिदा संसद फेरी विघटन हुने भएकाले पनि उनीहरु मत हाल्न तयार भएका हुन् ।
देउवालाई विस्वासको मत प्राप्त गर्न काँग्रेसका ६१, माओवादीका ४९, जसपाको १७, जनमोर्चाको एक गरी १२८ मत निश्चित छ भने एमाले भित्रको कम्तीमा ९ मत भए उनले विस्वासको मत पाउने छन् ।
देउवाले माधव पक्षको पुरै २३ मत पाएमा १५१ मत हासिल गर्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ