कांग्रेस पदाधिकारी बैठकः नेतामाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न अनुशासन समितिलाई निर्देशन

कांग्रेस पदाधिकारी बैठकः नेतामाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न अनुशासन समितिलाई निर्देशन

  • शनिबार, साउन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

साउन २, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका नेतामाथि आक्रमण गर्नेलाई कार्वाहि गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार आक्रमणमा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारबाही गर्न सभापति शेरबहादुर देउवाले अनुशासन समितिलाई निर्देशन दिएका हुन् ।
बस्नेत नेतृत्वको टोलीले शुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सोही घटना पार्टीको अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।

बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान समेत गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टीपंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ