प्रदेश २ मा मन्त्रिपरिषद् विस्तारः माओवादीबाट दुई मन्त्रीले लिए शपथ

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तारः माओवादीबाट दुई मन्त्रीले लिए शपथ

  • शनिबार, साउन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

२ साउन, जनकपुरधाम । प्रदेश २ सरकारमा माओवादीका तर्फबाट दुई नयाँ मन्त्री थपिएका छन्। आज माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह र सचेतक रुबी कर्णले शपथ लिएका हुन्।

प्रदेश प्रमुख डा राजेश झा अहिराजले भरत साह आन्तरिक मामिला तथा सञ्चारमन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाएका हुन् । साह महोत्तरी क्षेत्र नम्बर १९१० बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।

सत्ता समीकरणको खेलमा जनता समाजवादी पार्टीले आफ्नै मन्त्रीलाई राजीनामा गराएर माओवादी केन्द्रबाट मन्त्री नियुक्त गरेको हो।

आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाको स्थानमा उनीहरु मन्त्री बनेका हुन्।

सरकारमा सहभागी गराउन समाजवादी पार्टीका दुई मन्त्रीलाई राजीनामा गराएर माओवादी केन्द्रलाई दुई मन्त्री दिइएको हो।

साह महोत्तरी क्षेत्र न १ (ख) बाट निर्वाचित सांसद हुन भने कर्ण सप्तरी निवासी समानुपातिक सांसद् हुन्। उनीहरुले मातृभाषामा शपथ गर्न इच्छा देखाए पनि कानुनी जटिलताका कारण नेपाली भाषामै शपथ खाएका थिए ।राज्यमन्त्री कर्ण सहिदको नाममा शपथ लिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ