सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँः अध्यक्ष ओली

सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएँः अध्यक्ष ओली

  • शनिबार, साउन २, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

२ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिएपछि आराम गर्ने अवसर पाएको बताएका छन् । आज जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षसँग आफ्नै निवास बालकोटमा भेट गर्दै अध्यक्ष ओली सरकारबाट बाहिरिएपछि आफूले आराम गर्ने अवसर पाएको बताएको जसपा नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

निवर्तनमान प्रधानमन्त्री ओलीले सरकारबाट बाहिरिएपछि पहिलोपटक जसपाका नेताहरूले भेट गरेका हुन् । भेटमा राजनीतिक वार्ता नभएको र केही दिनमै छुट्टै राजनीतिक विषयमा छलफलका लागि भेटवार्ता गर्दै सहकार्य जारी राख्ने विषयमा कुराकानी भएको भण्डारीको भनाइ छ ।

आज सामान्य छलफल भएको र अब केही दिनमै राजनीतिक भेटवार्ता हुने पनि उनले बताए । ओलीलाई भेट्न जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बालकोट पुगेका थिए । भोलिदेखि प्रतिनिधिसभाको अधिवेशन बोलाइएका कारण संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि जसपा र ओलीबीच छलफल भएको छ ।

जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ