२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका चार सांसद, प्रतिनिधिसभा पुनर्स्थापनासँगै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका छन् ।
सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकालले कित्ता परिर्वतन गरेका हुन् । उनीहरु शुक्रबार पार्टी कार्यालयमा भएको छलफलमा अनुपस्थित रहेको ठाकुर पक्षका नेताले बताएका छन् । तर आज पार्टी कार्यालय, बालकुमारीमा बसेको संसदीय दलको बैठकमा चारै जना सहभागी भए ।
यससँगै ३२ सदस्यीय संसदीय दलमा दुबै पक्षको १६-१६ भएको छ । तर ठाकुर पक्षमा रहेका थप केही सांसद आउने यादव पक्षका एक नेताको दाबी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline