साउन १, काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
एमाले संसदीय दलको बैठकले संघीय संसद् भवनस्थित ल्होत्से हलमा आज बसेको सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास गरेर मुलुकलाई निर्दलीयतातर्फ लैजान खोजिएकाले निश्कर्ष पिनकाल्दै देशभर भण्डाफोर अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको तर्फबाट संविधानको धारा, उपधाराको अपव्याख्या गरेर जसरी जनादेशलाई पूर्ण रुपमा इन्कार गरि लोकतन्त्र र दलीय व्यवस्थाको उपहास गरेर फैसला गरेको उनले बताए । यो फैसला निर्दलीय व्यवस्थातर्फ मुलुकलाई अग्रसर गराउने गरी आएको भन्दै बैठकले आपत्ति समेत व्यक्त गरेको छ ।
बैठकले ओली नेतृत्वको सरकारले बाढीपहिरो पीडित घाइतेलाई निस्शुल्क उपचार गर्ने घोषणा गरेको भन्दै वर्तमान सरकारसँग घाइतेको निस्शुल्क उपचार गर्न माग पनि गरेको छ ।