काँग्रेस सभापति शेर बहादुर देउवा असार २९ गते मुलुकको पाँचो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । एमाले भित्र अन्तरविरोधको परिणाम स्वरुप अदालतको परमादेश मार्फत प्रधानमन्त्रीमा पाँचौ अवसर पाएका देउवा शुक्रबार साईत जुराएर बालुवाटार छिरे । उनी त्यसो त ज्योतिषीमा खुब बिस्वास गर्छन् । ७४ सालको निर्वाचन अघि केपी ओलीले देउवा काँग्रेसको अन्तिम प्रधानमन्त्री भनेपछि उनले कैलाली पुगेर आफू सात पटक प्रधानमन्त्री हुने भनेर ज्योतिषले भनेकाले प्रधानमन्त्री फेरी हुन्छु भन्ने घोषणा गरेका थिए । नभन्दै उनी बन्न सफल त भए तर टिक्ने कति र कहिले सम्म त्यो भने निश्चित छैन ।
उनले प्रधानमन्त्री भएको तीस दिन भित्र विस्वासको मत लिनु पर्ने हुन्छ । विस्वासको मन नपाँउदा के हुन्छ ? फेरी संसद विघटन र निर्वाचनको घोषणा ? वा बहुमत पुर्याउनेको सरकार ? अब दाबीहरु अलग अलग रुपले आईरहेका छन् ।
तर अब फेरी पनि निर्णायक भूमिकामा माधव नेपाल उभिएका छन् । उनलाई आजै पार्टीको स्थायी समितिको बैठकले देउवाको पक्षमा विस्वासको मत नदिने भनी गरेको निर्णय र निर्देशनले थप नैतिक दबाब दिने छ ।
तर माधव नेपाल तीनै नेता हुन् जसले संसद विघटनको बिरोध गर्दै आफ्नै अध्यक्ष केपी ओली बिरुद्ध मत दिन राष्ट्रपति कार्यलयमा पुगेर हस्ताक्षर बुझाए पनि त्यो नभए पछि सर्वोच्च अदालतमै पुगेर देउवाको पक्षमा हस्ताक्षर गरे । नभन्दै सर्वोच्चले परमादेश दियो । ओली सत्ताबाट बाहिरिए ।
अब फेरी चुनौती छ , पार्टीको निर्देशन मानेर देउवाको पक्षमा नउभिदा संसद फेरी विघटन तिर जाने वा सरकार फेरी ढाल्नु पर्ने, या पार्टी विभाजन यो नै नेपालको अगाडी विकल्प देखिन्छ । यसमा व्यापक परामर्शमा माधव नेपाल जुटेको बुझिएको छ । हेराँै देउवा ३० दिनका लागि हुन्छन् कि १७ महिनाका लागि ? प्रतिक्षाकै बिषय छ ।