१ साउन, काठमाडौं । एमाले स्थायी समितिको बैठकले शेर बहादुर देउवा नेतृत्वको सरकारलाई विस्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको स्थायी समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
सरकार अस्वस्थ विधिबाट बनेकाले समर्थन गर्न नसकिने ज्ञवालीले बताए ।
पार्टीका सबै सांसदलाई निर्णय लागू गर्न निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ ।
सो बैठकमा माधव समुह भने सहभागी थिएन । यसै गरी वामदेव गौतम पनि आज अनुपस्थित रहे । आजको बैठक सार्न माधव समुहका कार्यदल सदस्यले गरेको प्रयास अध्यक्ष ओलीले अस्वीकार गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline