एमालेको स्थायी कमिटी बैठक आज बस्दै, नेपालपक्षलाई पनि बोलाईयो

एमालेको स्थायी कमिटी बैठक आज बस्दै, नेपालपक्षलाई पनि बोलाईयो

  • शुक्रबार, साउन १, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

साउन १, काठमाडौँ । सरकारबाट बाहिरिएपछि पहिलो पटक नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बैठक बोलाइएको हो ।

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । आफ्नै पार्टी २३ सांसदको निर्णायक भूमिकाले सरकारबाट बाहिरिएका अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व नेपालले गरेको भन्दै उनलाई पार्टीमा स्थान नभएको बताईसकेका छन् ।

बुधबार आफ्नो निजी निवास बालकोटबाट ओलीको नेपाललाई पार्टीमा थान नभएको बताएका हुन् । यो अभिव्यत्ति सँगै एकता लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएको छ । यद्यपि कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले तत्काल पार्टी कमिटी र संसदीय दलको बैठक रोकेर अनौपचारिक छलफल अगाडि बढाउन संस्थापन पक्षलाई सुझाव दिएका थिए ।

तर, उनीहरुको सुझावलाई बेवास्ता गर्दै ओलीसँगको परामर्शमा महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् । एमालेले शुक्रबार नै ३ बजे दलको बैठक पनि बोलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ