राष्ट्रपतिद्धारा संसदको दुबै सदनको बैठक साउन ३ गतेका लागि आव्हान्

राष्ट्रपतिद्धारा संसदको दुबै सदनको बैठक साउन ३ गतेका लागि आव्हान्

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन साउन ३ गतेका लागि आव्हान् गरेकी छन् । मन्त्रीपरिषद्को सिफारीस अनुसार राष्ट्रपतिले आव्हान गरेकी हुन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्‌को बिहीबार सिंहदरबारमा बसेको बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गर्दै सात दिन भित्र संसदको बैठक बोलाउन परमादेश दिएसँगै संसदको बैठक पुनः सुचारु हुन लागेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ