देउवाले गठबन्धनका नेतासँग लिए सरकार सञ्चालनबारे सुझावः खोप र राहतमा जोड दिनु पर्ने सुझाव

देउवाले गठबन्धनका नेतासँग लिए सरकार सञ्चालनबारे सुझावः खोप र राहतमा जोड दिनु पर्ने सुझाव

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

प्रधानमन्त्री बनेपछि शेर बहादुर देउवाले सत्तारुढ गठबन्धनसँग सरकार सञ्चालनबारे सुझाव लिएका छन् । मन्त्रीपरिषद् कार्यलय सिंहदरबारमा आज छलफल भएको हो । छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा र सरकारले गर्नु पर्ने कामहरुको बारेमा सुझाव लिईएको नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए । बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी नभएपनि उनको पक्षबाट विजय पौडेल सहभागी थिए ।
बैठकमा कोरोनाको खोप सबै नागरिकलाई सहजतापुर्वक लगाउनु पर्ने, बाढी पहिरो पीडितलाई राहत दिनु पर्ने जस्ता सुझाव आएको नेता पूर्ण बहादुर खड्काले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ