ओलीको उग्र अभिव्यक्तिसँगै माधव नेपाल पुनः देउवा प्रचण्डसँग नजिकिने संभावना, संसद जोगाउन विस्वासको मत दिन सक्ने आंकलन

ओलीको उग्र अभिव्यक्तिसँगै माधव नेपाल पुनः देउवा प्रचण्डसँग नजिकिने संभावना, संसद जोगाउन विस्वासको मत दिन सक्ने आंकलन

  • बिहिबार, असार ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

एमाले वरिष्ठ नेता माधव कुमार नेपाल अब तत्कालै केपी ओलीसँग मिल्ने संभावना कम भएको छ । ओलीले बालकोट निवासको बार्दलीबाट माधव नेपाल राष्ट्रिय गद्धार भएको र उसलाई एमालेमा कुनै स्थान नदिने घोषणा गरेपछि माधव नेपालले ओलीले एकताको ढोका बन्द गरेको अर्थमा बुझेको र आफू निकटका नेताहरुलाई त्यसरी नै व्याख्या गरेको बुझिएको छ । नेपाल निकट एक नेताका अनुसार पार्टी एकताको प्रयासलाई जारी राख्ने सोँच अझै पनि नेपालमा रहेको छ ।
तर ओलीले नै ढोका बन्द गरेपछि देउवा प्रचण्डसँग गठबन्धनबारे थप छलफल गर्ने र संसद जोगाउन सरकारलाई विस्वासको मत दिने मनशायमा नेपाल पुगेको बुझिएको छ ।
माधव नेपालले यस्तो स्थितिमा देउवालाई विस्वासको मत दिने र मध्ववाधी निर्वाचन टार्न भूमिका खेल्ने समेत आंकलन शुरु भएको छ । नेता नेपालसँग देउवा प्रचण्डले औपचारीक अनौपचारीक रुपमा वार्ता सघन पारेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ