कार्यदलले दश बुदे सहमति गरेपनि नेकपा एमालेको एकता भांडिने संकेत देखिएको छ । माधव नेपाल सहित २३ जना सांसदको हस्ताक्षरका कारण नै सर्वोच्च अदालतले परमादेश गरिदिएपछि आक्रोशित बनेको ओली समुहले माधव नेपाल बिरुद्ध आक्रामक बयान र नाराबाजी समेत गर्न थालेको छ ।
अध्यक्ष केपी ओलीकै अगाडी कार्यकर्ताले माकुनेलाई फाँसी दे भन्दै नाराबाजी गरेका थिए । बालुवाटारबाट बालकोट पुगेर निवर्तमान प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले माधव नेपाललाई पार्टीमा आत्मालोचना गरेर, गल्ती स्वीकारेर आउने स्थान समेत नरहेको घोषणा गरे । उनले संवोधन गर्दै अरु आत्मालोचना गरेर आए भने ठीक छ तर माधव नेपालको हकमा ठाँउ छैन । ओलीले चेतावनी दिए ।
यसले दश बुदे सहमति गंभीर मोडमा पुग्ने देखिएको छ । यस बारे माधव नेपालको कुनै प्रतिकृया आएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline