ओलीकै अगाडी एमाले कार्यकर्ताको नाराः माकुनेलाई फाँसी दे !

ओलीकै अगाडी एमाले कार्यकर्ताको नाराः माकुनेलाई फाँसी दे !

  • बुधबार, असार ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

एमाले अध्यक्ष केपी शर्मा ओलीकै सामुन्ने सो पार्टीका कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल बिरुद्ध नाराबाजी गरेका छन् । माधव नेपाल सहित एमालेका २३ सांसदको हस्ताक्षरका आधारमा सर्वोच्चले प्रधानमन्त्रीबाट ओलीलाई हटाउदै देउवालाई नियुक्त गर्न परमादेश दिएको थियो ।
सोही परमादेशका कारण ओली ४१ महिना लामो सरकारको नेतृत्व गरेपछि आज सरकारी निवास छाडेर बालकोट घर फर्किएका छन् । गाडी र मोटरसाईकलमा र्याली सहित निजी निवास पुगेका अध्यक्ष ओलीलाई त्याहाँ जम्मा भएका कार्यकर्ताले स्वागत गर्दै नाराबाजी गरेका थिए । सोही नाराबाजीका क्रममा उनीहरुले माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे जस्ता उग्र नारा लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ