सत्ताबाट परमादेशका कारण बाहिरिनु परेका ओलीले सडकमा शक्ति देखाउदै बालकोट प्रस्थान गर्ने

सत्ताबाट परमादेशका कारण बाहिरिनु परेका ओलीले सडकमा शक्ति देखाउदै बालकोट प्रस्थान गर्ने

  • बुधबार, असार ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

म जनादेशका आधारमा प्रधानमन्त्री थिँए, तर परमादेश देउवा जीको पक्षमा भयो भन्दै अदालतको फैसलाप्रति मंगलबार आक्रोस व्यक्त गरेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा शक्ति देखाउदै निजी आवास बालकोट जाने भएका छन् ।

बालुवाटारमा गाडी र मोटरसाईकलको र्याली सहित उनी निस्किएर बालकोटतिर लाग्ने तयारी भएको छ ।
आफ्नो सरकार पूर्ण सफल भएको बताएका ओलीले आफ्नै पार्टीका २३ सांसदको हस्ताक्षरका कारण यस्तो अवस्था आएको बुझेका छन् । त्यसकारण आफ्नै नेताहरुप्रति समेत आक्रोसित छन् । ओलीले साढे तीन बर्ष सत्ता सम्हाले । दुई तिहाई बहुमत सहित सरकारको नेतृत्व लिन पुगेका ओली अन्ततः आन्तरीक अन्तरविरोधका कारण अल्पमतमा पर्दै सत्ताबाट बाहिर पुगेका छन् ।
ओलीलाई अदालतले हटाएकै दिन ओली समुहले युथफोर्स ब्युताएर सडकमा प्रदर्शन गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ