राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्दा संविधानको धारा उल्लेख नभएपछि विवादका कारण देउवाको शपथमा ढिलाई, शीर्ष नेताहरुबीच छलफल

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्दा संविधानको धारा उल्लेख नभएपछि विवादका कारण देउवाको शपथमा ढिलाई, शीर्ष नेताहरुबीच छलफल

  • मङ्लबार, असार २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेपछि समयमै शपथ लिन नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले ढिलाई गरेका छन् । देउवाले संविधानको धारा ७६(५) अनुसार आफू प्रधानमन्त्री भएको भन्दै त्यो व्यहोरा उल्लेख हुनु पर्ने माग गरेका छन् ।
यही विषयका कारण शपथमा ढिलाई भएको छ भने देउवाले प्रचण्ड सहित शीर्ष नेताहरुसँग परामर्श गरीरहेका छन् ।
उनले मुख्य सचिवलाई समेत बोलाएर भाषा सच्चिनु पर्ने भनेका छन् । यस विषयमा राष्ट्रपति कार्यलयले समेत परामर्श गरिरहेको बुझिएको छ ।
देउवा सहित काँग्रेसबाट वालकृष्ण खाँड र ज्ञानेन्द्र कार्की, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुषालले शपथ खाने तयारी थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ