मेरो नेतृत्वको सरकार असाधारण रुपले सफल भयो, अब बादल हटेर फेरी सूर्य उदाउनेछः ओली

मेरो नेतृत्वको सरकार असाधारण रुपले सफल भयो, अब बादल हटेर फेरी सूर्य उदाउनेछः ओली

  • मङ्लबार, असार २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार चौतर्फी रुपमा असाधारण रुपले सफल भएको बताएका छन् । पदमुक्त भएपछि आज देशवासीका नाममा संवोधन गर्दै ओलीले सरकार पूर्ण रुपले सफल भएको , चौतर्फी विकास गरेको पनि दाबी गरे ।
उनले अदालतको परमादेशका कारण जनादेश आफ्नो पक्षमा हुँदा हुँदै पनि बाहिरीनु परेको भन्दै आफ्नै पार्टीका सांसदले विपक्षीको खुट्टामा पास दिएर पोष्ट खाली गरिदिएको पनि टिप्पणी गरे ।
अदालतले विस्वमा कतै नभएको फैसला गरेको भन्दै अदालतले प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने अनौठो घटना भएको ओलीको भनाई छ ।
यसले दलीय व्यवस्थामाथि प्रश्न खडा गरेको र यसको असर लामो समय सम्म रहने उनले बताए ।
यसै गरी खोप ल्याउने, कोरोना नियन्त्रण गर्ने कुरामा पनि आफ्नो सरकार सफल भएको उनको जिकिर छ ।
उनले सूर्यमा केही समय बादल लागेको टिप्पणी गर्दै अब बादल हटेर सूर्य फेरी उदाउने दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ