प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको परमादेशपछि स्वतः पदमुक्त भएपछि अन्तिम पटक देशवासीका नाममा आज संवोधन गर्दैछन् । आज साँझ ५ बजे अघि नै देशवासीका नाममा पछिल्लो राजनीतिक घटनाक्रम र आफ्नो कार्यकालमा भएका प्रगतिहरुको बारेमा चर्चा गर्ने संभावना छ ।
आज संवोधन गरेपछि भोली ४० महिना लामो कार्यकाल विताएको सरकारी निवास वालुवाटार छाडेर जाने तयारी भएको छ । वालकोट स्थिति निजी निवासमा सर्नु अघि सबै सामाग्री प्याकिङ गर्न सचिवालय मार्फत अह्राईएको बुझिएको छ ।
प्रधानमन्त्रीको संवोधनका कारण आज बस्ने भनिएको स्थायी समितिको बैठक अनिश्चित बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline