असार २९ काठमाण्डौं । सर्वोच्च अदालतबाट अपदस्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवासमा आज पार्टी स्थायी समितिको बैठक बोलाएका छन् । दिँउसो १ बजे बस्ने बैठकले सर्वोच्च अदालतको फैसला सम्बन्धि आधिकारीक धारणा बनाउने बताईएको छ । सर्वोच्चले संसद पुनस्थापना गर्दै प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि ओली समुह आक्रोसित बनेको छ ।
सोही पार्टीको माधव समुह भने आफ्नै हस्ताक्षरका कारण अदालत उक्त निष्कर्षमा पुगेपछि खुसी छ । माधव समुह अब गठबन्धनबाट अलग्गिदै पार्टी एकतामा लाग्ने तयारीमा छन् ।
तर ओली समुहले कस्तो प्रतिकृया जनाउने हो र त्यसै आधारमा आज स्थायी समितिको बैठकमा सहभागी हुने नहुने निर्णयमा पुग्न सो समुह पनि आन्तरीक छलफलमा जुटेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline