विपक्षी गठबन्धनबाट बाहिरिए माधव नेपाल, भन्छन् -‘अब एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ’

विपक्षी गठबन्धनबाट बाहिरिए माधव नेपाल, भन्छन् -‘अब एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ’

  • मङ्लबार, असार २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं, २९ असार । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिएका छन् । सोमवार बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराएका हुन् ।

नेता नेपालले भने, ‘अहिले हाम्रो पार्टी फरक परिस्थितिमा एकताको प्रक्रियामा छ र त्यसअनुसार काम अगाडि बढी पनि रहेको छ, त्यसैले अब हाम्रो पार्टी नेकपा एमालेले जे निर्णय गर्छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ, फरक तरिकाले अगाडि बढ्ने भन्ने हुँदैन ।’
बैठकपछि नेपाललाई उद्धृत गर्दै स्थायी समिति सदस्य रघुजी पन्तले गठबन्धनलाई समेत एमालेसँग मुलुकको हितका निम्ति छलफल र सहकार्यको कोसिस गर्न आग्रह गरेको बताए ।

पार्टी विवाद समाधानका लागि गठित दश सदस्यीय एकता कार्यदलले एकताको दशबुँदे सहमति तयार पारिसकेपछि पनि नेपालले विपक्षी गठबन्धनको औपचारिक बैठकमा सामेल भएर आफ्नो समूह औपचारिक रूपमा बाहिरिने जानकारी गराएका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ