२४७ केजी लागुऔषध गाँजासहित मालबाहक भारतीय ट्रक पक्राउ

२४७ केजी लागुऔषध गाँजासहित मालबाहक भारतीय ट्रक पक्राउ

  • सोमवार, असार २८, २०७८
  • दिपक चौरसिया

  • 8.1K
    SHARES

पर्सा, २८ असार । पर्सा प्रहरीले २४७ के.जी. लागुऔषध गाँजासहित मालबाहक भारतीय ट्रक नियन्त्रणमा लिन सफल भएको छ । नेपाल र भारतको सीमा नाका हुँदै बढ्दै गएको लागू औषध कारोबारको सूचना आए पश्चात् जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको निर्देशनमा भारतीय ट्रक सहित लागू औषध गाजा नियन्त्रणमा लिन सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेको निर्देशनमा सादा पोशाकमा खटिएको प्रहरी टोलिले भारतीय कन्टेनर ट्रकमा लूकाइ छिपाइ भारत लग्ने क्रममा पक्राउ गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरीले जनाए अनुसार हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने सूचना प्राप्त हुनसाथ २४ घन्टादेखी भएको निरन्तर निगरानी पश्चात् आज करीब १२ बजेको समयमा आइसिपी मुल गेट नजिकैबाट पक्राउ गर्न सफल भएको जनाएको छ । एचाअर५५एम २२०९ नम्बरको भारतीय ट्रकलाई रोक्नसाथ चालक फरार भएपनी लागू औषध गाजा र भारतीय ट्रकलाइ नियन्त्रणमा लिन सफल भएको पर्सा प्रहरीले जनाएको छ ।
२३ वटा पोकाभित्र २४७ के.जी. लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ भने भारतीय नम्बर कन्टेनर ट्रकको चालक र सवारीधनिलाइ खोजी कार्य तिब्र पारिएको पर्सा प्रहरीले जनाएको छ ।

No description available.
यता नेपाल प्रहरीले लागू औषध गाजा सहित भारतीय ट्रक नियन्त्रणमा लिनसाथ सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणले आफ्नो टोलि नियन्त्रणमा लिएको हो भन्दै दाबी गरेका छन । २४ घन्टा देखि निगरानी गर्नुको साथै घटना स्थलमा समेत नेपाल प्रहरी खटी पक्राउ गरे पश्चात् सशस्त्र प्रहरीले आफ्नो टोलि बरामद गरेको बिषय आफैमा लाजस्पद रहेको प्रष्ट हुन्छ । आइसिपी हुँदै लागू औषधको कारोबार हुने गरेको यस घटनाले प्रष्ट पारेपनी सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका आफ्नो ढाक्छोप गर्न विभिन्न किसिमको प्रोपकान्ड फैलाउने कार्य गर्दै आएको बारे दुइमत नरहेको बिषय छताछुङ्ग भएको छ ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी