सर्वोच्चको फैसलाले मुलुकलाई ठुलो संकटबाट जोगाएको छः सांसद यादव

सर्वोच्चको फैसलाले मुलुकलाई ठुलो संकटबाट जोगाएको छः सांसद यादव

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

वीरगञ्ज, २८ असार । जनता समाजवादी पार्टी(जसपा)का सांसद प्रदिप यादवले सर्वोच्च अदालतले संसद पुनःस्र्थापना गर्नु ऐतिहासिक कार्य भएको बताएका छन् । सर्वोच्चले देशमा न्याय मरेको छैन भन्ने कुरा पुनः प्रमाणित गरेको उनको भनाई छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतीले दोस्रो पटक गरेको संसद विघठन बदर भएकोमा खुशी व्यक्त गर्दै सर्वोच्चका सम्पूर्ण न्यायमुर्तीहरुलाई धन्यवादको शब्द अपुग हुने प्रतिक्रिया दिए ।

सांसद यादवले भनेका छन्, ‘यो फ़ैसला बाँट देश,संविधान ,लोकतंत्र को रक्षा को साथ साथै मुलुक लाई ठुलो संकट बाँट जोगाएको छ।’ यादवले अदालतलाई नै प्रभावित पार्ने विभिन्न प्रपञ्चहरु रचिएपनि त्यसलाई सर्वोच्चले असफल बनाएको समेत बताए ।

सरकारको नेतृत्वकर्ताले अन्याय गरेपनि सर्वोच्चले न्याय दिनेमा आफु सुरुबाटै विश्वस्त रहेको बताउदै भने, ‘सर्वोच्चले संसदलाई मात्रै नभएर पौने ३ करोड जनतालाई न्याय दिएको छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ