प्रधानमन्त्री ओलीका समर्थकद्धारा सडक प्रदर्शन, प्रधानन्यायाधीशविरुद्ध नारावाजी

प्रधानमन्त्री ओलीका समर्थकद्धारा सडक प्रदर्शन, प्रधानन्यायाधीशविरुद्ध नारावाजी

  • सोमवार, असार २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, २८ असार । सर्वोच्च अदालतको फैसलाबिरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले सडक प्रदर्शन गरेका छन् । सर्वोच्चले प्रतिनिधिसभा विघटन निर्णय असंवैधानिक ठहर गर्दै बदर गरिदिएपछि त्यसको विरुद्धमा सोमबार सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलामा जम्मा भएर उनीहरुले अदालतको फैसलाविरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरुले सबै फैसला मानिदैन लेखिएको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेश जारी गरेपछि ओली पक्षका समर्थहरुले विरोध जनाएका हुन्।

माइतीघर मण्डलामा भेला भएका एमालेका विद्यार्थी नेता तथा कार्यकर्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नारावाजी गरेका छन् ।

युवा नेता महेश बस्नेतको नेतृत्वमा माइतीघर मण्डलामा भेला भएका नेता, कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुद्रावाद’को नारा लगाएपछि प्रहरीसँग तनाव भएको थियो । त्यसबीच एक कार्यकर्ताले राणाको पुत्ला जलाउने प्रयास समेत गरे । यद्यपि प्रहरीले विथोलेको छ ।

संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गरेको छ । तर ओली पक्षका नेता, कार्यकर्ता अदालतले प्रधानमन्त्री नियुक्ति गर्न नपाउने भन्दै सडकमा उत्रिएका छन् । विपक्षी गठबन्धनका नेताहरु भने अदालतको आदेशको स्वागत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ